AGM

क्षेत्री समाज बेलायतको पाँचौं साधारण सभा २०१६ निर्वाचन सम्बन्धि प्रथम पटक प्रकाशित सूचना

ई. सं. २००७ सालमा स्थापना भएको बेलायतमा बसोबास गर्ने क्षेत्रीहरुको साझा संस्था क्षेत्री समाज बेलायत एक सामाजिक संस्था हो | यस संस्थाको  मूल उदेश्य भनेको सामाजिक एकता कायम गर्नु, समाजमा क्षेत्री समुदायको पहिचान, विकास र उत्थानका लागि संगठित हुनु का साथै बेलायतमा रहेका बिभिन्न समुदायहरुसंग राम्रो अन्तर सम्बन्ध कायम गर्नु हो | क्षेत्री समाज बेलायतको क्षेत्रिहरुका सम्बन्धमा सामाजिक ठम्याई के छ भने नेपाली मुलको मानिसहरु नेपाल वा विश्वको कुनै ठाउँमा रहे बसेको भएता पनि नेपाली समुदाय भित्र आफ्नो झुण्डगत पहिचान (Social intra-thematic  identity) गराउने गर्दछन् | क्षेत्रीहरु पनि त्यहि पूर्ण नेपाली समाज भित्रको एक आंगिक सामुदायिक झुण्ड हो | क्षेत्री समाज भित्र पनि विभिन्न intra-social unitary theme हरु छन् जो अन्य मानब समुदायहरुमा पनि हुने गर्दछन् | क्षेत्री भित्रका यस्ता आंगिक समूहहरु मध्ये कोही आफुलाई काजि भन्न रुचाउछन्, कोहि ठकुरी भन्न रुचाउछन्, कोहि खस भन्न रुचाउछन् भने कोहि क्षेत्री मात्र भन्न रुचाउछन् तर यी सबैको आफुलाई चिनाउने सामाजिक, सास्कृतिक, रहन सहन, भेष भुषा, लवाइ ख्वाई भने एकै प्रकृतिको हुने गर्दछ त्यसैले ती सबै क्षेत्री हुन् भन्ने क्षेत्री समाज बेलायतको ठम्याई छ | त्यसैले क्षेत्री समाज बेलायत, बेलायतमा बसो बास गर्ने सबै क्षेत्रीहरुको प्रतिनिधिमुलक साझा संस्था हो | यस संस्थामा आफुलाई क्षेत्री भन्न रुचाउने सबै सदस्य बन्न सक्ने र संस्थाको उत्तर प्रगतिको लागि काम गर्न सक्ने अवस्था विध्यमान छ | क्षेत्री समाज बेलायत स्थापना काल देखि यिनै मूल आधारमा उभिएर आफ्ना सामाजिक क्रियाकलापहरु अगाडी बढाई रहेको छ | हरेक दुई दुई बर्षमा यस समाजले आफ्नो नयाँ नेतृत्व चयन गर्ने गर्दछ | सोहि अनुरुप हाल आएर संस्थाले आफ्नो पाँचौं साधारण सभा आयोजना गर्ने तयारी गरिरहेको छ | साधारण सभा तयारीका लागि जनवरी १०,२०१६ मा आसफोर्ड केन्टमा बसेको कार्यसमितिको पूर्ण बैठकले बिभिन्न निर्णयहरुका साथै आगामी अप्रिल ०२, २०१६ का दिन रिडिंगमा संस्थाको पाँचौं साधारण सभा सम्पन्न गर्ने समेत निर्णय गर्यो | 

उक्त साधारण सभामा अगामी दुई बर्षको लागि (२०१६-२०१८) कार्य समितिको समेत चयन हुने भएको हुनाले उक्त कार्यलाई ब्यबस्थित ढंगबाट सम्पन्न गर्नु पर्ने बिषयलाई मध्यनजर गरी, क्षेत्री समाज बेलायतको बिधान २००७ (संसोधन सहित) र सो अन्तर्गत बनेको निर्वाचन सम्बन्धि नियमावली २०१२ को अधिनमा रही समाजका सदस्य तथा सल्लाहाकार डा. रामकुमार अधिकारीको संयोजकत्वमा एक निर्वाचन समितिको गठन गर्यो | समितिका सदश्यहरुमा समाजका सस्थापक सदस्य तथा पूर्व अध्यक्ष र हालका सल्लाहकार श्री  कृष्ण बहादुर अधिकारी र समाजका आजीवन सदस्य तथा समाजको South East Area Committee Coordinator श्री सरोज थापा रहने समेत निर्णय गर्यो |

यसर्थ क्षेत्री समाज बेलायतको निर्वाचन सम्बन्धि नियमावली २०१२ को दफा ९ (७) मा व्यवस्था भए मुताबिक समाजको अगामी साधारण सभामा सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन पाउनका लागि क्षेत्री समाजका सम्पूर्ण सदस्यज्यूहरुले निम्न विवरणमा उल्लेख भए बमोजिम गर्न गराउन हुन सूचित गरिन्छ | बिबरणमा उल्लेख भएका बिषय बस्तु भन्दा बाहिर रहेका कुनै पनि कुरा साधारण सभाको निर्वाचन प्रक्रियामा सामेल भएको मानिने छैन |

अगामी कार्यसमितिकोलागि निर्वाचन सम्बन्धि कार्यतालिका

  1. साधारण सभा सम्पन्न हुने स्थान:
    The Warehouse,
    1a-Cumberland Road,
    Reading,
    UK,
    RG1 3LB         
  2. निर्वाचन सम्बन्धि कार्य तालिका

सदस्यता

निर्वाचन प्रयोजनको लागि ३१ जनवरी २०१६ भन्दा अगाबै सकृय सदस्यता कायम भएको हुनु पर्ने छ |

सदस्यताको लागि फारम उपलब्ध हुने सम्पर्क

रि क्या श्री टेक जिसी (महासचिब क्षेत्री समाज बेलायत)
सम्पर्क फोन: ०७४२९८४२६८०,
अर्थात्  http://www.chhetrisamajuk.org/membership-form

कृयासिल सदस्यको नामावली निर्वाचन समितिमा प्रस्तुत गर्ने अन्तिम मिति

७ मार्च २०१६ (सोम बार ५ बजे सम्म)

अन्तिम मतदाता नामावली प्रकाशन

१० मार्च २०१६

उमेद्वारीको दर्खास्त हाल्ने अन्तिम मिति र समय

१४ मार्च २०१६  को साँझ ५:३० बजे सम्म

उमेद्वारीको प्रथम नामावली प्रकाशन मिति

१८ मार्च २०१६ को दिउँसो ३:०० बजे

उमेद्वारी सम्बन्धि दाबी बिरोध

२५ मार्च २०१४ को साझ ५ बजे सम्म

उमेद्वारीको अन्तिम नामावली प्रकाशन मिति

२६ मार्च  २०१६ साझा ५ बजे सम्म

मतदान गर्ने मिति र समय

०२ अप्रिल  २०१६ दिउँसो १:०० बजे देखि बेलुका ३:०० बजे सम्म (तोकिएको मतदान केन्द्रमा)

मतदान स्थान

The Warehouse, 1a-Cumberland Road
Reading, UK,RG1 3LB

मतगणना र परिणाम घोषणा,

०२ अप्रिल २०१६ बेलुका ४:०० बजे सम्म

कार्य समिति २०१६-१८ को घोषणा

०२ अप्रिल २०१६ बेलुका ५ बजे

निर्वाचन सम्बन्धि सम्पर्क ठेगाना:

यस साधारण सभाले पाँचौं कार्यसमितिको समेत चयन गर्ने भएको हुनाले उक्त कार्यको लागि स्थापित सम्पर्क कार्यालय तल उल्लेख गरिएको छ | निर्वाचनकालागि आबस्यक सम्पूर्ण कुराहरु यस कार्यालयबाट ब्यबस्थित गर्नु का साथै आबस्यक सरसल्लाह र सहयोग उपलब्ध हुने भएको हुनाले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं |

सम्पर्क विवरण:
11 Mac Arthur Terrace,Charlton, London, SE7 8HY,
Mob: 07886793460 / 07897444666
E-mail: chhetrisamajuk2007@gmail.com, ramadhikari5@hotmail.com

निर्वाचन सम्बन्धि अन्य जानकारी हरु:

क) उमेद्वारी दरखास्त हाल्दा निम्न कुरा खुलेको हुनु पर्नेछ:

  • प्रस्तावक ———–१
  • समर्थक ————-१
  • सदस्यता सकृय रहेको मतदाता नम्बर (सबैको)
  • उमेद्वारी दर्ता शुल्क तिरेको नीस्सा | (दर्ता शुल्कको विवरण महासचिबबाट प्राप्त हुने छ |

ख) क्षेत्री समाजको पाचौं साधारण सभा, निर्वाचन सम्बन्धि नियमावाली, दरखास्त फारम लगायत यस सम्बन्धि थप जानकारी लिनु परेमा क्षेत्री समाजको सम्पर्क ठेगाना/ब्यक्तिबाट उपलब्ध हुने छ साथै समाजको web site: http://www.chhetrisamajuk.org मा उपलब्ध छ |

ग) निर्वाचन प्रक्रियामा सहभागी हुन चाहाने क्षेत्री बन्धुहरुले यस बर्षको सदस्यता ३१ जनवरी  २०१६ भन्दा अगाबै कृयाशील गराई सक्नु पर्ने छ |

आफुलाई क्षेत्री भन्न रुचाउँनेहरु जो बेलायतको बिभिन्न स्थानमा बसोबास गरि विभिन्न पेशा, ब्यबसाय र अध्ययनमा आबद्ध हुनुहुन्छ उहाँहरु सबैलाई यस साधारण सभामा व्यापक सहभागिताको लागि क्षेत्री समाज बेलायतले गरेको आवाहनमा  यो निर्वाचन समिति समर्थन गर्दछ | आज क्षेत्रीहरु एकता बद्ध हुनु भनेको समयको माग हो र यो एक रहर नभई बाध्यताको उपज हो | क्षेत्री समाज जातीय संगठन नभई समुदायिक पहिचान हो | यस पहिचानलाई बचाउनु सम्पूर्ण क्षेत्रीहरुको कर्त्यब्य हो |

उम्मेदवारी आवेदन फारम डाउनलोड गर्नुहोस् ।

 

 

निर्वाचन आयुक्त
निर्वाचन समिति २०१६
क्षेत्री समाज बेलायत

By: Business Tentacles