क्षेत्री समाज बेलायतले भव्यताका साथ मनायो दशौँ वार्सिकोत्सव

लन्डन, यहि जुन २४ तारिख आइतवारका दिन क्षेत्री समाज बेलायातले आफ्नो स्थापनाकालको दशौ वर्षको आवसर पारेर वार्षिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष्य धन बहादुर कुँवरको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबाहादुर सुवेदीको उपस्थिती रहेको थियो । प्रमुख अतिथी राजदूत  डा. सुवेदी र सस्थाका अध्यक्ष्य क्याप्टेन (रि) धन बहादुर कुँवरद्वारा संयुक्त रुपमा  पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सन् २००७ मा स्थापना भएको क्षेत्री समाज बेलायतले आफ्नो स्थापनाको दश वर्ष पुगेको अवसरमा सस्थापक सदस्यहरुलाई सम्मान गर्दै विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बेलायत तथा नेपाल दुवै देशका राष्ट्रिय गाना बजाइएको थियो । समाजका सदस्य दीपक थापाले "यो मेरो टोपी" बोलको स्वागत गीत प्रस्तुत गरेका थिए । बेलायतका विभिन्न स्थानमा बसोवास गर्दै आएका क्षेत्री तथा तिनका परिवारहरुको बाक्लो उपस्थिति रहेको थियो । 

By: Business Tentacles