क्षेत्री समाज बेलायतद्वारा दीपक क्षेत्रीलाई तीन लाख हस्तान्तरण

18010698_1379386782127844_7861835466458521028_nलन्डन,करिब चार वर्षदेखि घाँटीमा मासु पलाएका कारण बिरामी परेका कलाकार दीपक क्षेत्रीको सहयोगका लागि संसारभरीका नेपालीहरू जुटेका छन् । यस्तै गरी बेलायतस्थित क्षेत्री समाजको पहलमा बेलायतवासी नेपालीहरुद्वारा सहयोगस्वरूप संकलित तीन लाख रुपैयाँ गत सोमबार काठमान्डौमा क्षेत्री समाज यूकेका सल्लाहकार एबम पूर्व अध्यक्ष्य प्रेम खड्काको तथा अभिनेता कृष्ण मालाको हातबाट बिरामी कलाकार दीपक क्षेत्रीलाई हस्तान्तरण गरिएको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष्य धन बहादुर कुँवरका अनुसार रकम उठ्ने क्रम अँझै जारि रहेको र बाँकी रकम पनि चांडोभन्दा चांडो क्षत्री समक्ष्य पुर्याइने बताएका छन् । केही समय अगाडि बिरामी क्षेत्रीको दर्दनाक अन्तर्वार्ताको भीडियो संचार माध्यममा सार्वजनिक भएपछि उनको सहयोगका लागि संसारभरिका नेपालीहरुले सहयोग रकम संकलन गर्न थालेका हुन् । चलचित्र पत्रकार संघ नेपालले आर्थिक संकलन गर्दै क्षेत्रीको उपचारको पहल गरिरहेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. बिके सिन्हाद्वारा क्षेत्रीको उपचार शुरु भइसकेको छ । हाल उनलाई औषधी दिई सात दिनको लागि आराम गराइएको र बाँकी उपचार पनि आराम सकिए लगत्तै गरिने बताइएको छ । उनको घाँटीमा पलाएको मासुलाई शल्यक्रिया गर्नको लागि कम्तीमा १० लाख रुपैयाँ लाग्ने भएता पनि दोब्बरभन्दा बढी रकम संकलन भैसकेको छ ।

दीपक क्षेत्रीको अन्तर्वार्ता हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।

 

By: Business Tentacles