क्षेत्री समाज बेलायतद्वारा प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण

11539723_10153415493029282_7183223447965730897_nलन्डन, हालै मात्र नेपालमा गएको विनाशकारी महाभूकम्पबाट ९ हजार भन्दा बढीको संख्यामा ज्यान गएकोछ भने घाइतेहरुको संख्या पनि हजारौं पुगेकोछ । यस किसिमको प्रकोपबाट नेपालमा भएको जनधनको क्षतिलाई देश विदेशमा बस्ने नेपालीहरुलगायत विदेशीहरुबाट पनि प्रशस्तै मात्रामा सहयोग प्राप्त भइरहेकोछ । बिदेशमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले पनि सहयोगको लागि रकम उठाएर कतिले स्वय पीडितसमक्ष गएर राहत वितरण गरिरहेकाछन भने कतिले दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरिरहेकाछन् । यसै क्रममा क्षेत्री समाज बेलायतले पनि भूकम्प पीडितहरुको सहयोगार्थ करिब ५ हजार १ सय २६ पाउण्ड अर्थात् करीब ८ लाख १० हजार रुपैयाँ बराबरको रकम संकलन गरी प्रधानमन्त्री रहतकोषमा पठाउनको लागि यही आइतबार बेलायतस्थित नेपाली राजदूतावासमा एक कार्यक्रमका साथ कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीलाई क्षेत्री समाज बेलायतका अध्यक्ष्य प्रेम खड्काले हस्तान्तरण गरेकाछन् ।
कार्यक्रममा बोल्दै काबा राजदूत क्षेत्रीले नेपालको पीडालाई विदेशी भूमिमा बसेर पनि उल्लासका साथ गरेको सहयोगको सरहना गर्दै धन्यबाद दिएका थिए । जहाँ जसरी बसे तापनि नेपाल र नेपालीको सम्बन्ध नङ र मासुजस्तो रहेको र एक नेपालीलाई परेको पीडामा सबैलाई दुखेको महशुस आफूले गरेको उल्लेख गरेका थिए । 11200828_10153415492554282_2152017440083760856_nभूकम्प गएलगत्तै काबा राजदूत क्षेत्रीको सयोजकत्वमा दूतावासकै परिसरमा “नेपाल ब्रिटेन उद्द्वार तथा राहत कोषको समेत स्थापना भएको थियो । क्षेत्री समाज बेलायतले गरेको यस कार्यबाट अन्य संघ संस्थाहरुलाई पनि हौसला मिल्न सक्ने र यसरी प्राप्त रकमको सही ठाउँमा सदुपयोग हुने कुरामा सबैलाई ढुक्क रहनसमेत क्षेत्रीले आग्रह गरेका थिए । त्यस्तै क्षेत्री समाज बेलायतका अध्यक्ष प्रेम खड्काले पनि नेपालमा भएको यस्तो विपत्तिबाट आफूहरु निकै मर्माहित भएको र थोपा थोपा मिलेर समुन्द्र बनेझैं समाजको तर्फबाट भएको यो सानो सहयोगले पीडितहरुको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वाश ब्यक्त गरेका थिए ।
उक्त समारोहमा समाजका तर्फबाट उपाध्यक्ष धन बहादुर कुँवर, महासचिव टेक जीसी, कोसाध्यक्ष भाइराजा थापा, जनसम्पर्क सचिव दिल बहादुर जीसी, महिला सयोजक श्रीमती अनिता के.सी., संस्कृतिक सचिव सुश्री सेविका जिसी, मेडिया सयोजक नरेन्द्र बस्नेत तथा सदस्यहरु तेज रानाभाट र श्रीमती श्रद्दा थापाको पनि सहभागिता थियो । साथै पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माको पनि सो कार्यक्रममा सहभागिता रहेको थियो |

By: Business Tentacles