क्षेत्री समाज बेलायतको १०औं वार्सिकोत्सव भव्यताका साथ् मनाइने 


cs10 by narendraलन्डन, क्षेत्री समाज बेलायतले हरेक वर्ष गर्दै आएको वार्षिक भेटघाट यही आउँदो जुन २४ तारिख शनिवारका दिन लण्डनको फेल्थामस्थित स्प्रिंगवेस्ट एकेडेमी ( फेल्थम कम्युनिटी कलेज ) मा हुने भएको छ । सन् २००७ सालमा स्थापित क्षेत्री समाज बेलायतले यसपटक आफ्नो स्थापनाकालको दशौँ वार्षिकोत्सव विशेष कार्यक्रमका सहित भव्यताका साथ मनाउने भएको छ । बेलायतमा बस्दै आएका क्षेत्री बन्धुहरुलाई पर्ने आपत विपतलाई मध्यनजर गर्दै सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले नेपाली कला संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै विभिन्न सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ । सामाजिक परम्परा तथा आफ्ना मौलिक चाडपर्वहरुलाई भावी पुस्ताहरुमाझ निरन्तरता दिलाउने उद्देश्यले समाजले समय समयमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै नेपालमा हुने विभिन्न दैवी प्रकोप बाढीपैरो, आगलागि, भूकम्प लगायत संकटमा परेका व्यक्तिहरुलाई समेत समाजको तर्फबाट सक्दो सहयोग पुर्याउँदै आइरहेको छ । आपतकालीन परिस्थितिको लागि समाजको आफ्नो एउटा छुट्टै आपतकालीन कोष समेत रहेको छ । दशौँ वार्सिकोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि बेलायतका विभिन्न स्थानमा बस्ने सम्पूर्ण क्षेत्री बन्धुहरुलाई उपस्थित हुनको लागि क्षेत्री समाज बेलायतले अनुरोध गरेको छ । कार्यक्रम हुने स्थान मिति र समय यसप्रकार छ । कार्यक्रमस्थल जानको लागि यहाँ क्लिक गर्नुहोला  ।


मिति – २४ जुन २०१७  शनिबार 
समय – बिहान ११  बजे राति ११ बजेसम्म 
स्थान – स्प्रिंगवेस्ट एकेडेमी (फेल्थम कम्युनिटी कलेज) Springwest Academy 
पोष्ट कोड – TW13 7EF, Browell’s Lane, Feltham, London 

By: Business Tentacles