• लन्डन, यहि जुन २४ तारिख आइतवारका दिन क्षेत्री समाज बेलायातले आफ्नो स्थापनाकालको दशौ वर्षको आवसर पारेर वार्षिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष्य धन बहादुर कुँवरको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबाहादुर सुवेदीको उपस्थिती रहेको थियो । प्रमुख अतिथी राजदूत  डा. सुवेदी र सस्थाका अध्यक्ष्य क्याप्टेन (रि) धन बहादुर कुँवरद्वारा संयुक्त रुपमा  पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सन् २००७ मा स्थापना भएको क्षेत्री समाज बेलायतले आफ्नो स्थापनाको दश वर्ष पुगेको अवसरमा सस्थापक सदस्यहरुलाई सम्मान गर्दै विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बेलायत तथा नेपाल दुवै देशका राष्ट्रिय गाना बजाइएको थियो । समाजका सदस्य दीपक थापाले "यो मेरो टोपी" बोलको स्वागत गीत प्रस्तुत गरेका थिए । बेलायतका विभिन्न स्थानमा बसोवास गर्दै आएका क्षेत्री तथा तिनका परिवारहरुको बाक्लो उपस्थिति रहेको थियो । 


  • cs10 by narendraलन्डन, क्षेत्री समाज बेलायतले हरेक वर्ष गर्दै आएको वार्षिक भेटघाट यही आउँदो जुन २४ तारिख शनिवारका दिन लण्डनको फेल्थामस्थित स्प्रिंगवेस्ट एकेडेमी ( फेल्थम कम्युनिटी कलेज ) मा हुने भएको छ । सन् २००७ सालमा स्थापित क्षेत्री समाज बेलायतले यसपटक आफ्नो स्थापनाकालको दशौँ वार्षिकोत्सव विशेष कार्यक्रमका सहित भव्यताका साथ मनाउने भएको छ । बेलायतमा बस्दै आएका क्षेत्री बन्धुहरुलाई पर्ने आपत विपतलाई मध्यनजर गर्दै सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतले नेपाली कला संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै विभिन्न सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरू गर्दै आइरहेको छ । सामाजिक परम्परा तथा आफ्ना मौलिक चाडपर्वहरुलाई भावी पुस्ताहरुमाझ निरन्तरता दिलाउने उद्देश्यले समाजले समय समयमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै नेपालमा हुने विभिन्न दैवी प्रकोप बाढीपैरो, आगलागि, भूकम्प लगायत संकटमा परेका व्यक्तिहरुलाई समेत समाजको तर्फबाट सक्दो सहयोग पुर्याउँदै आइरहेको छ । आपतकालीन परिस्थितिको लागि समाजको आफ्नो एउटा छुट्टै आपतकालीन कोष समेत रहेको छ । दशौँ वार्सिकोत्सवलाई भव्यताका साथ सफल पार्नको लागि बेलायतका विभिन्न स्थानमा बस्ने सम्पूर्ण क्षेत्री बन्धुहरुलाई उपस्थित हुनको लागि क्षेत्री समाज बेलायतले अनुरोध गरेको छ । कार्यक्रम हुने स्थान मिति र समय यसप्रकार छ । कार्यक्रमस्थल जानको लागि यहाँ क्लिक गर्नुहोला  ।


    मिति – २४ जुन २०१७  शनिबार 
    समय – बिहान ११  बजे राति ११ बजेसम्म 
    स्थान – स्प्रिंगवेस्ट एकेडेमी (फेल्थम कम्युनिटी कलेज) Springwest Academy 
    पोष्ट कोड – TW13 7EF, Browell’s Lane, Feltham, London 

  • IMG_6793kangan

  • img_5568kanganमिति २७ नोभेम्बर २०१६ आइतबारका दिन क्षेत्री समाज बेलायत केन्द्रीय कार्यसमितिको त्रैमासिक बैठक समाजका अध्यक्ष क्या. रि. श्री बहादुर धन कुँवरको अध्यक्षता तथा महासचिब श्री राजन कुमार क्षेत्रीको संचालनमा निम्न स्थान र समयमा निम्नानुसारको पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा बसी निम्नानुसारको निर्णयहरु गरियो ।  समय: १०:३० बजेदेखि ५ बजे सम्म स्थान: Empire Hall, High Street, Aldershot, Hampshire. GU11 1DJ. कार्य समितिबाट उपस्थित संख्या : १६ जना कार्य समितिबाट अनुपस्थित संख्या : ६ जना सल्लाहकार तथा संरक्षक समितिबाट उपस्थित संख्या : ६ जना सल्लाहकार तथा संरक्षक समितिबाट उपस्थित संख्या : २ जना पहिलो बैठकको प्रारम्भ: महासचिब श्री राजन कुमार क्षेत्रीले स्वास्थ्य तथा सुरक्षाको बारेमा जनाकारी गराउदै ठिक १0:३० बजे बैठकको संचालन गर्नु भयो ।  बैठकको अध्यक्ष्यता समाजका अध्यक्ष्य क्या. रि. श्री धन बहादुर कुँवरले गर्नु भयो ।  बैठकका सम्पूर्ण सहभागीहरुलाई उपाध्यक्ष क्या. श्री टेक बहादुर जी.सी.ले स्वागत गर्नु भयो ।img_5519kangan

    बैठकका सहभागीहरु

    १. अध्यक्ष्य – क्या. रि. श्री धन बहादुर कुँवर (उपस्थित) २. उपाध्यक्ष्य – क्या. रि. श्री टेक बहादुर जी.सी. (उपस्थित) ३. महासचिब – श्री राजन कुमार क्षेत्री (उपस्थित) ४. सचिब – श्री कुमार के.सी. (उपस्थित) ५. कोषाध्यक्ष – श्री. गोबिन्द महत (उपस्थित) ६. सह-कोषाध्यक्ष – सुश्री सेविका जी.सी. (उपस्थित) ७. महिला संयोजक – श्रीमती श्रध्दा थापा (उपस्थित) ८. जन सम्पर्क सचिब – श्री दिल बहादुर जी.सी. (उपस्थित) ९. सांस्कृतिक सचिब- सुनिता गौतम थापा (उपस्थित) १०. संचार संयोजक – श्री नरेन्द्र बस्नेत (उपस्थित) ११. आपतकालीन राहत कोष संयोजक – श्रीमती प्रतिमा के.सी. (उपस्थित) १२. कार्यकारी सदस्य – श्री उत्तम खत्री (उपस्थित) १३. कार्यकारी सदस्य – श्री महेन्द्र के.सी. (क्षमा याचना सहित अनुपस्थित)img_5536kangan

    १४. कार्यकारी सदस्य – श्री मनिष खड्का (उपस्थित) १५. कार्यकारी सदस्य – श्री पदम बिर्ख रावल (क्षमा याचना सहित अनुपस्थित) १६. कार्यकारी सदस्य – श्री इन्द्र क्षेत्री (उपस्थित) १७. कार्यकारी सदस्य – श्री कृष्ण थापा (क्षमा याचना सहित अनुपस्थित) १८. कार्यकारी सदस्य – श्रीमती माया के.सी. (उपस्थित) १९. कार्यकारी सदस्य – श्री चन्द्र कार्की (क्षमा याचना सहित अनुपस्थित) २०. कार्यकारी सदस्य – श्री ललित कुमार न्यौपाने (क्षमा याचना सहित अनुपस्थित) २१. कार्यकारी सदस्य – श्री टोप बहादुर रावल (उपस्थित) २२. कार्यकारी सदस्य – श्री अर्जुन बस्नेत (क्षमा याचना सहित अनुपस्थित) बिशेष उपस्थिति १. प्रमुख संरक्षक – श्री ध्रुब के.सी. (उपस्थित) २. संरक्षक – श्री कृष्ण बहादुर अधिकारी (उपस्थित) ३. सल्लाहकार – श्री भीम बनिया (उपस्थित) ४. सल्लाहकार – रि. मेजर श्री रुद्र खड्का (उपस्थित) ५. सल्लाहकार – श्री राम शरण सिम्खडा (उपस्थित) ६. सल्लाहकार – श्री प्रेम खड्का (उपस्थित) ७. सल्लाहकार – डा. राम कुमार अधिकारी (क्षमा याचना सहित अनुपस्थित) ८. कानुनी सल्लाहकार – श्री राजु थापा (क्षमा याचना सहित अनुपस्थित) ९. आपतकालीन राहत कोष च्यारिटी डिनर आयोजक समिति सदस्य – श्रीमती शारदा कुँवर (उपस्थित)img_5545kangan

    बैठकका निर्णयहरु

    निर्णय नं १ – नयाँ सदस्यहरुलाई सपथ ग्रहण बेलायतको रेडिंगमा गत अप्रिल २ तारिखमा सम्पन्न पाँचौ साधारण सभामा बिबिध कारणबस उपस्थित हुन नसक्नु भएका महिला संयोजक श्रीमती श्रद्धा थापा र सांस्कृतिक सचिब श्रीमती सुनिता गौतम थापालाई समाजका अध्यक्ष्य श्री धन बहादुर कुँवरले पद तथा जिम्मेवारीको सपथ ग्रहण गराउनु भयो ।  निर्णय नं २ – दोस्रो त्रैमासिक बैठकका निर्णय समीक्षा गत दोस्रो चौमासिक बैठकका निर्णयहरु महासचिब राजन कुमार क्षेत्रीले पढेर सुनाउनु भयो । सो सम्बन्धमा समीक्षा गर्दा बैठकमा गरिएका अधिकांश निर्णयहरु कार्यान्वय भएको र केहि कार्यन्वयन हुने क्रममा रहेकोमा सम्बन्धित सबै सबैलाई धन्यबाद दिदै कार्यान्वयन गर्न बाँकी निर्णयहरुलाई यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरियो निर्णय नं २ आर्थिक प्रतिबेदन तथा आपतकालीन राहतकोषको प्रतिबेदन समाजका कोषाध्यक्ष श्री गोबिन्द महतले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन तथा आपतकालीन राहतकोषका संयोजक श्रीमती प्रतिमा के.सी.ले प्रस्तुत गर्नु भएको आपतकालीन राहत कोषको प्रतिबेदनमा छलफल गरी दुवै प्रतिबेदनलाई सर्बसम्मत रुपमा पारित गरियो । img_5520kanganयस त्रैमासिक अबधिमा नेपाल रुकुम घर भै हाल वाटफोर्ड लण्डनमा बस्ने र अल्पायुमा नै निधन हुनुभएको बिष्णु कुमारी बुढाथोकी क्षेत्री (मेरी क्षेत्री) को अत्यन्तै समस्यामा परेको परिवारलाई सहयोगको लागी समाजको अनुरोधमा छोटो समयमा नै १,५४७ पाउण्ड राहत सहयोग गर्नु हुने समाजका सम्पूर्ण महानुभाबहरुलाई बिशेष धन्यबाद दिने निर्णय गरियो/ निर्णय नं ३ बिभिन्न विभागीय समितिको कार्य समिक्षा बैठकमा क्षेत्री समाज बेलायतको संगठन बिस्तार समितिका संयोजक टेक बहादुर जी.सी., बेलायतमा बसोबास गर्ने क्षेत्रीहरुको तथ्यांक संकलन समितिका संयोजक राजन कुमार क्षेत्री, आपतकालीन राहत कोषका संयोजक प्रतिमा के.सी., अनुसन्धान तथा प्रकाशन समिति संयोजक कुमार के.सी., संचार संयोजक नरेन्द्र बस्नेत, युवा गतिबिधी संयोजक सेविका जी.सी. र महिला संयोजक श्रद्धा थापाले प्रस्तुत गर्नु भएको सम्बन्धित समितिका आगामी योजना तथा वर्तमान कार्यक्रम बारे छलफल गरी पारित गरियो । img_5524kangan  निर्णय नं ४ तीज कार्यक्रम समिक्षा यस बर्ष महिला संयोजक श्रद्धा थापाको संयोजनमा लण्डनमा मनाइएको तीज कार्यक्रम २०१६ भब्यताका साथ सम्पन्न भएकोमा कार्यक्रम संयोजक, आयोजक समिति तथा सहभागीहरु सबैलाई धन्यबाद दिने र आगामी बर्ष अझ ब्यबस्थित र धुमधामसंग तीज मनाउने निर्णय गरियो  । यसको साथै त्यस कार्यक्रमबाट समाजको मूल कोषमा ६४२ पाउण्ड जम्मा गर्नु भएकोमा पनि संयोजक श्रद्धा थापालाई धन्यबाद दिने निर्णय गरियो ।  निर्णय नं ५ समाजलाई च्यारिटी कमिसनमा दर्ता गर्ने बारे क्षेत्री समाज बेलायतलाइ कानुनी मान्यता दिलाउनको लागी च्यारिटी कमिसनमा दर्ताको लागी जिम्मेबारी लिनु भएका समाजका पुर्ब अध्यक्ष्य श्री प्रेम बहादुर खड्काले दर्ताको लागी हालसम्म भए गरेका प्रगतिको बारेमा बिस्तृत रुपमा बताउनु भयो ।  यसका लागी नपुग भएका प्रमाणहरु जुटाउन र आबश्यक प्रक्रिया पुरा गरी यथासिघ्र दर्ता गर्नको लागी सहयोग पुर्याउन निम्न सदस्यहरु समेत थप गरी दर्ता समिति बनाइएको छ : संयोजक – प्रेम बहादुर खड्का सदस्य- धन बहादुर कुँवर सदस्य – राजन कुमार क्षेत्री सदस्य – राम शरण सिम्खडा सदस्य – भिम बनिया निर्णय नं ६ च्यारिटी डिनर कार्यक्रम ब्यबस्थापन, जिम्मेबारी बांडफांड तथा कार्य प्रगति समिक्षा क्षेत्री समाज बेलायतले आपतकालीन राहत कोषको लागी पहिलो पटक गर्न थालेको च्यारिटी डिनरको बारेमा हालसम्म भएका गरेका कामहरु तथा आगामी थप योजना बारेमा बृहद छलफल भयो ।img_5547kangan  च्यारिटी डिनर कार्यक्रमका संयोजक प्रतिमा के.सी.ले हालसम्म भए गरेका कामहरुमा आयोजक समिति तथा सल्लहाकार समिति गठन, च्यारिटी डिनरको अबधारणा पत्र तयारी, टिकट छपाई तथा वितरण, कार्यक्रम हल बुक, सम्पूर्ण सदस्यहरुलाई भाइबर र इमेल मार्फत खबर गरिएको र खाना तथा सजावट लगायतका कुराहरु भैसकेको जानाकारी गराउनु भयो र थप ब्यबस्थित गर्नको लागी निम्न अनुसार जिम्मेबारी समेत बांडफांड गरिएको छ: १. सौजन्य दाताहरु ब्यबस्थाप समिति संयोजक – प्रमुख संरक्षक श्री ध्रुब के.सी. २. अतिथि ब्यबस्थापन समिति संयोजक – महासचिब श्री राजन कुमार क्षेत्री । img_5547kangan

    ३. टिकट वितरण तथा ब्यबस्थापन समिति संयोजक – कोषाध्यक्ष श्री गोबिन्द महत ४. सौजन्यदातालाइ सम्मान समिति संयोजक – सचिब श्री कुमार के.सी. ५. सास्कृतिक कार्यक्रम समिति संयोजक – सांस्कृतिक सचिब श्रीमती सुनीता गौतम ६. अतिथि सत्कार तथा स्वागतम डेस्क समिति संयोजक – श्री ललित कुमार न्यौपाने ७. खाना तथा ड्रिंक्स ब्यबस्थापन समिति संयोजक – श्री दिल बहादुर जी.सी. ८. राफल ब्यबस्थापन समिति संयोजक – श्रीमती शारदा कुँवर ९. सम्पूर्ण उपसमितिहरुको संयोजक – समाजका अध्यक्ष्य – श्री धन बहादुर कुँवर यस बारे बिस्तृत योजना, निर्णय तथा समिति सदस्यहरुको विवरण च्यारिटी डिनर संयोजकले सबै सदस्यहरुलाई पठाउने निर्णय गरियो । निर्णय नं ८ आपतकालीन राहत कोषको संचालन निर्देशिका बनाउने बारे आपतकालीन राहत कोष संचालनलाइ थप ब्यबस्थित बनाउनको लागी हाल संचालनमा रहेको आपतकालीन राहत कोष निर्देशिकालाइ समेत मध्यनजर गरी परिमार्जित निर्देशिका मस्यौदा तयार गरी अर्को बैठकमा छलफलको लागी प्रस्तुत गर्न समाजका सल्लाहकार रि.मेजर रुद्र बहादुर खड्कालाई जिम्मेबारी दिने निर्णय गरियो । 

     

    माईन्यटकर्ताः

    सचिब- कुमार के.सी

    महासचिब – राजन कुमार क्षेत्री

    ——————————–

    निर्णय प्रमाणित

     

  • chhetri samaj 2016

  • g

  • f

  • e

  • d

Chhetri Samaj UK (CSUK)

Starting as a humble initiative in 2007 by some of the retired Chhetri Army personnel of Gurkha has now significantly expanded to become one of the competent and respected social organization in the UK. Working with the Chhetri communities in the UK with the coverage in most parts of the country where the targeted communities are settled, it implements its support initiatives at need, cohesive lively hood and advocates for the promotion of its cultural heritage both to the upcoming generation of Chhetri and wider arena of social composition.

CSUK is a self-steamed community based non-governmental and not profit making volunteer organization. It has standard organizational structure and membership alignment which enable every member to establish his/her say and act selflessly for the support at need in the community. We aim to work with Chhetri and other ethnic communities in the UK.

At present, CSUK has almost 300 aligned members, a full-fledged functioning 23 members of executive committee, Seven area committees, a patron club and a five members of Advisory body which is managed and controlled by Seven members of the Board of Trustees.

Mission

To help and support its community members at need and promote the Cultural heritage within and outside community with greater emphasis to women and children.

Objectives

   CSUK adopts the following broad objectives to fulfil its strategies:
• Formulate a wider support initiatives to its members and wider social arena at need.
• Raise the fund through contribution and membership levy in order to size its supportive initiatives.
• Publish community-oriented educational, advocacy, and development publications for the members, wider community volunteers, and others involved in community development.

 

News

क्षेत्री समाज बेलायतले भव्यताका साथ मनायो दशौँ वार्सिकोत्सव

लन्डन, यहि जुन २४ तारिख आइतवारका दिन क्षेत्री समाज बेलायातले आफ्नो स्थापनाकालको दशौ वर्षको आवसर पारेर वार्षिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष्य धन बहादुर कुँवरको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा...

क्षेत्री समाज बेलायतको १०औं वार्सिकोत्सव भव्यताका साथ् मनाइने 

लन्डन, क्षेत्री समाज बेलायतले हरेक वर्ष गर्दै आएको वार्षिक भेटघाट यही आउँदो जुन २४ तारिख शनिवारका दिन लण्डनको फेल्थामस्थित स्प्रिंगवेस्ट एकेडेमी ( फेल्थम कम्युनिटी कलेज ) मा हुने भएको छ । सन् २००७ सालमा...

By: Business Tentacles